२०८३ साउन ९ गते शनिवार

दाङमा धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु


दाङ । दाङमा धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर बङ्गाचुली गाउँपालिका–२ मर्पेसका २६ वर्षीया दीपा थापाको मृत्यु भएको हो । चट्याङ लागेर अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार शनिबार साँझ चट्याङ लागेको हो । घटनामा सोही ठाउँका २९ वर्षीया कमला थापा र ३४ वर्षीय सन्दीप विक घाइते हुनुभएको छ । घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस