२०८३ भाद्र २९ गते सोमवार

रसुवा बाढीमा दाङका थप दुई जना सम्पर्कविहीन


दाङ । रसुवा बाढीमा दाङका थप दुई जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ नवलपुरका ३३ वर्षीय जनक शाह ठकुरी रहनु भएको छ ।

यस्तै लमही नगरपालिका–४ का ३२ वर्षीय सुकदेव चौधरी रहनु भएको छ । चौधरी त्रिशूली जलविद्युत् आयोजनामा विद्युतीय काम गर्दै आउनुभएको थियो भने ठकुरी रसुवा–चीन सीमा क्षेत्रमा जेसीबी चालकका रूपमा कार्यरत रहेको पाइएको छ ।

यी दुईसहित दाङमा सम्पर्कविहीन हुनेको संख्या ४९ पुगेको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार सम्पर्कविहीन ४९ जनामध्ये ४३ जना पुरुष र ६ जना महिला छन् । हालसम्म ५ जना पुरुष सम्पर्कमा आएका छन् भने ३९ जना पुरुष र ६ जना महिला गरी ४५ जनाको अझै खोज तथा उद्धार हुन बाँकी रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस