दाङ । रसुवा बाढीमा परी श्रीमान श्रीमतीसहित दाङका थप एक जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा राजपुर गाउँपालिका–७ ऐरानाका ४० वर्षीय दिपेन्द्र बुढामगर र उहाँकी श्रीमती ३७ वर्षीया विमती खत्री र दाङको तुलसीपुर–१९ का २९ वर्षीय दिलबहादुर पुन सम्पर्कविहीनको सूचीमा थपिनु भएको छ । उहाँहरू रसुवागढीमा काम गर्दै आएको बुझिएको छ ।
रसुवा बाढीपहिरोपछि सम्पर्कविहीन हुने दाङका नागरिकको संख्या ५२ पुगेको छ । दिउँसो २ बजेर ५० मिनेटसम्मको अद्यावधिक विवरणअनुसार हालसम्म सम्पर्कविहीन हुनेमा ४५ जना पुरुष र ७ जना महिला रहेका छन् ।
तीमध्ये ५ जना पुरुष सम्पर्कमा आएका छन् भने ४० जना पुरुष र ७ जना महिला गरी ४७ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

























