२०८३ बैशाख १५ गते मङ्गलवार

दाङमा अतिक्रमित सार्वजनिक जग्गा हटाउने विषयमा छलफल गर्न १० पालिकाका प्रमुखलाई प्रशासनको आह्वान

दाङमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएको छ ।

संघीय सरकारको शासकीय सुधारअन्तर्गत गत चैत १४ गते सार्वजनिक गरिएको एक सय बुँदे कार्यसूचीअनुसार अतिक्रमण नियन्त्रणमा कडाइ गर्न प्रशासनले पहल थालेको हो । सोही कार्यसूचीको बुँदा नम्बर ९२ मा नयाँ अतिक्रमण रोक्ने तथा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने कार्य तत्काल सुरु गर्ने उल्लेख छ ।

यसै आधारमा जिल्ला प्रशासन कार्यालय दाङले पालिकाहरूलाई परिपत्र गर्दै छलफलका लागि बोलाएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । प्रशासनले छलफल आज बिहान सवा १० बजे स्वास्थ्य कार्यालयको सभाहलमा आयोजना गर्ने जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस