२०८३ बैशाख १५ गते मङ्गलवार

११ वर्षीय बालकमाथि कुटपिट गर्ने घटनामा संलग्न तीन जना पक्राउ


रोल्पा । रोल्पामा ११ वर्षीय बालकमाथि कुटपिट गर्ने घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । गंगादेव गाउँपालिका–५ कुईनेटामा ११ वर्षीय बालकमाथि कुटपिट गरी घाइते बनाइएको घटनामा संलग्न तीन जना पक्राउ परेका हुन् ।

स्थानीय पूर्णबहादुर विकका ११ वर्षीय छोरामाथि उनिहरुले वैशाख ११ गते कुटपिट गरेका थिए । कुटपिट भएको घटनाबारे सामाजिक सञ्जाल फेसबुकमा पोस्ट सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

उक्त घटनामा संलग्न रहेका तीन जना प्रतिवादीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनासम्बन्धी भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान कार्य भइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस