२०८३ जेष्ठ ११ गते सोमवार

दाङमा ट्युसन पढेर फर्किदै गरेकी छात्राको लडेर मृत्यु

दाङ,२८ वैशाख । दाङमा हिँड्दा हिँड्दै लडेकी एक छात्राको मृत्यु भएको छ । रोल्पाको रून्टीगढी गाउँपालिका–१ करेटीकी २१ वर्षीया छात्रा धनसरी कवरको सोमबार मृत्यु भएको हो ।

बिहान पौने ८ बजेतिर ट्युसन पढेर फर्किँदै गर्दा कवर दाङको घोराही उपमहानगरपालिका–१३ डमुर गाउँमा हिँड्दा हिँड्दै लडेको प्रहरीले जनाएको छ । तत्काल उहाँलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका प्रवक्ता डिएसपी रेशम बोहराले बताउनुभयो ।

अभिभावक रोल्पाबाट दाङ आउँदै गरेको तथा मृतकको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस