२०८३ जेष्ठ ४ गते सोमवार

गुल्मचोकमा दुई वटा मोटरसाइकल ठोक्किए

दाङ । तुलसीपुरमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । हात्तिखौवाबाट बजारतर्फ जाँदै गरेको रा २ प ८००८ नम्बरको मोटरसाइकल र सोहि दिशातर्फ जाँदै गरेको रा ३ प ९९ नम्बरको मोटरसाइकल गुल्मचोकमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटना आइतबार दिउँसो १ बजेतिर भएको हो ।

दुर्घटनामा दुवै मोटरसाइकल चालक घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीका अनुसार रा २ प ८००८ नम्बरको मोटरसाइकल चालक घोराही–१७ का १७ वर्षिय अनिल पुन र रा ३ प ९९ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–७ का १७ वर्षका लक्ष्मण गिरी घाइते भएका छन् ।

घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस