दाङ ।
दाङमा मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-१९ का २१ वर्षीय प्रकाश घर्ती मगर घाइते भएको प्रहरीले जनाएको छ । उहाँको मुखमा चोट लागेको छ । घाइते घर्तीको राप्ती लाइफ केयर अस्पताल, मोतिपुर दाङमा उपचार भइरहेको र उहाँको अवस्था मध्यम रहेको छ ।
कुटिचौरबाट बिजौरीतर्फ आउँदै गरेको रा ६ प ८१८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.१-०१-००१ ज ३७८५ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका-१९ बाँसगढीस्थित एकआपसमा ठोक्किएका थिए ।
जिप चालक रोल्पाको रुन्टिगढी गाउँपालिका-८ का १९ वर्षीय सुनिल रोका रहेको प्रहरलिे जनाएको छ । दुर्घटनापछि मोटरसाइकल, जिप तथा चालकलाई प्रहरी चौकी बिजौरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ॥



















