२०८३ जेष्ठ ३० गते शनिवार

जेसिवीले खन्याएको बालुवाले पुरिदा देउखुरीमा एक जनाको मृत्यु


दाङ । दाङमा जेसिवीले खन्याएको बालुवाले पुरिदा एक जनाको मृत्यु भएको छ । कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्ने क्रममा बालुवाले पुरिँदा गढवा गाउँपालिका–२ निवासी ४५ वर्षीय लालमणी यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले अलकर्ता अर्थात बिटुमिन बनाउने प्लान्टमा काम गरिरहेका बेला यादवको माथिबाट जेसिबी चालकले बालुवा खन्याउदा मृत्यु भएको बताउनुभयो ।

प्लान्ट बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिले सञ्चालन गरेको हो । गम्भिर घाइते भएका यादवको तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्‍याएपनि अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि जेसिबी र चालक अनिलकुमार थारूलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस