२०८३ असार १ गते सोमवार

रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा आठ जना घाइते


दाङ । रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारको लागी तुलसीपुरमा पठाएको प्रहरीले जनाएको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नंम्बर ७ सालीबाङमा बोलेरो जीप दुर्घटना भएको रोल्पा प्रहरीले जनाएको हो ।

आज सोमबार विहाा १ बजेतिर गोठीवन देखी रुन्टीगढी ८ तल्लो लापु जाँदै गरेको लु प्र ०२००१ ज ०१३२ नंम्बरको बलेरो जीप दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट कुर्जाका प्रमुख मोहन विश्वकर्माले जानकारी दिनुभएको छ ।

जीप सडकबाट ५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस