दाङ । दाङसहित पश्चिम तराईका केही क्षेत्रमा गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँहरूमा तापक्रम बढ्दै गएको छ ।
गर्मीका कारण दैनिक जनजीवन प्रभावित बन्ने गरेको छ । पूर्व र मध्य भेगमा भने हल्कादेखि मध्यम वर्षा भएकाले तुलनात्मक रूपमा शीतल छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँहरूमा समेत वर्षाको सम्भावना छ । विशेष गरी तराई क्षेत्रमा गर्मी बढिरहेकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।



















