२०८३ साउन २९ गते शुक्रवार

रोल्पामा पहिरो जाँदा सडकमा हिडिरहेका एक जना पुरिए, उद्दारका लागि प्रहरी टोली परिचालन

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा गएको पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै गएको पहिरोमा परी परिवर्तन गाउँपालिका वडा नम्बर ४ पाछावाङ सल्लाबोटका अन्दाजी ५७ वर्षका देउ प्रसाद घर्ती पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

गएराति परेको अविरल वर्षाका कारण परिवर्तन गाउँपालिका वडा नम्बर ४ सिरवारीमा हिँडिरहेको अवस्थामा घर्तीलाई पहिरोले पुरेको हो । घटनाबारे शनिबार आज बिहान इलाका प्रहरी कार्यालय पाछावाङ, रोल्पामा जानकारी प्राप्त भएको थियो ।

खबर पाउनासाथ घटनास्थलतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक नर सिंह खत्रीको कमाण्डमा ४ जनाको प्रहरी टोली परिचालन गरिएको छ । घटनास्थल प्रहरी कार्यालयबाट अन्दाजी ५ किलोमिटर उत्तरमा पर्दछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस