दाङ । दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
ग्वारखोलातर्फ जाँदै गरेको रा ५ प ८१६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ६ प ९५८२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रा ५ प ८१६२ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–७ तमाखेका २० वर्षीय अरुण भुसाल, रा ६ प ९५८२ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–४ खाद्रेका ३८ वर्षीय दिपक खड्का र सुनिल खड्का घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेकोे छ । आज आइतबार साझ ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

























