तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित हाम्रो पहुँच माध्यमिक विद्यालयमा हाम्रो पहुँच इको क्लब गठन गरिएको छ ।
विद्यालय परिसर तथा आसपासको वातावरण संरक्षणका लागि विद्यार्थीहरूको सक्रिय सहभागितामा ‘इको क्लब’ गठन गरिएको हो । आज बुधबार एक कार्यक्रमको आयोजना गरी क्लब गठन गरिएको हो ।
पाठ्यक्रममा समावेश भएअनुसार विद्यालय तहबाटै वातावरणीय चेतना अभिवृद्धि गर्ने, वृक्षारोपण, सरसफाइ तथा वातावरणमैत्री गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउने उद्देश्यसहित क्लब गठन गरिएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हरियाली प्रवद्र्धनमा विद्यार्थीहरुलाई सक्रिय बनाउने संस्थाको नीतिअनुसार विद्यालयमा इको क्लब गठन गरिएको हो ।’ कक्षा ८ का छात्रा तेजस्वी कालाथोकीको सभापतित्वमा १९ सदस्यीय इको क्लव गठन गरिएको छ ।
जसको उपसभापतिमा कक्षा ८ का छात्र प्रदीप थापा, सचिवमा अंकित पौडेल र कोषाध्यक्षमा फ्युजन कालाथोकी चयन हुनुभएको छ । क्लबको सदस्यमा विपिन सेन, प्रासना थापा, नेसन बोहरा, सुप्रिम बिक, उषा ओली, संग्रिम भण्डारी, आरिभ रिजाल, झरना ओली, जेनिस भण्डारी, ग्रीश भण्डारी, खुशी बिक र निर्माण ओली चयन हुनुभएको छ ।
क्लबको संरक्षकमा विद्यालयका प्रधानाध्यापक डीआर भण्डारी रहनुभएको छ । त्यस्तै सहायक प्रधानाध्यापक शिव पुन र शिक्षक नवराज शर्र्मा क्लबको सल्लाहकारमा चयन हुनुभएको छ । भने क्लबको साधारण सदस्यमा विद्यालयका सबै रहेका छन् । क्लब गठनपछि विद्यार्थीहरुले विद्यालय परिसरमा विभिन्न खाले जडिबुटी, पुष्प तथा अन्य बिरुवाहरु रोपेका छन् ।















