२०८२ फाल्गुन २६ गते मङ्गलवार

रक्तदानमा शिक्षक र विद्यार्थी सक्रिय बन्दै : हिमाल ऐकेडेमीमा ४६ जनाले गरे रक्तदान

तुलसीपुर । दाङमा बढ्दो रगत अभाव न्यूनीकरण गर्न विद्यार्थी र शिक्षक सक्रिय बन्दै आएका छन् । ६०औँ रक्तसञ्चार दिवसको अवसरमा मंगलबार हिमाल एकाडेमी तुलसीपुरमा आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् ।

दाङ रेडक्रसको प्राविधिक सहयोगमा साताव्यापी रूपमा सञ्चालन गरिएको यस अभियान अन्तर्गत लमही, घोराही र तुलसीपुरका विभिन्न क्याम्पस र विद्यालयमा रक्तदान तथा रक्तदाता उत्प्रेरणा कार्यक्रम गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले दाङमा पटक–पटक रगत अभाव हुने भएकाले विद्यालयले प्रत्येक वर्ष कम्तीमा दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँका अनुसार, विद्यार्थी र शिक्षक स्वयंसेवी भावनाका साथ अघि आएपछि आवश्यकताका बेला रगत जुटाउन सहज भएको छ ।

कार्यक्रमलाई विगतका वर्षभन्दा फरक ढंगले सम्पन्न गरिएको र यसपटक थप उपलब्धिमूलक बनेको दाङ रेडक्रसका उपसभापति हरिहर पौडेलले बताउनुभयो । कार्यक्रममा विद्यालयका हेड सर नवीनकुमार पराजुली, रेडक्रसका सदस्य कुसल तर्ताल, विमल ओली, सुस्मा भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस