२०८२ फाल्गुन २९ गते शुक्रवार

हाम्रो पहुँच सेकेन्डरी स्कुलका अभिभावक र शिक्षकसँग अन्तरक्रिया कार्यक्रम

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलले कक्षा १० का विद्यार्थीका अभिभावक र शिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आज शनिबार एक कार्यक्रमको आयोजना गरी अन्तरक्रिया कार्यक्रम गरेको हो । विद्यार्थीहरुको पठनपाठलाई सिर्जनात्क बनाउनको लागि अभिभवक र शिक्षकहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएकोे विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले यसअघि पनि अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

अन्तरक्रिया कार्यक्रमले विद्यार्थीहरुप्रति अभिभावको जिम्मेवारी के कस्तो छ भन्ने विषमा जानकारी पनि हुने उहाँको भनाई छ । भण्डारीले अभिभावकहरूको जिम्मेवारीबारे जानकारी र छलफलले विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यी सहकारी संस्थाका सूचना तालिम तथा अध्ययन उपसमितिका संयोजक तथा अभिभावक जिवराज अधिकारीले यस्तो कार्यक्रमले विद्यार्थीहरुको पठनपाठनमा सुधार आउने भएकोले विद्यालयले अन्तरक्रिया कार्यक्रम समय समयमा गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई सिर्जनात्मक बनाउन अभिभावक, शिक्षक र विद्यार्थी सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षकहरुले आ–आफ्‌नो विषयको विद्यार्थी प्रगति विवरण प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको शहजिकरण सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस