२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुरबाट भारत जाँदै गरेको स्कार्पियो दुर्घटना : चालकसहित चार जनाको मृत्यु


दाङ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको रिजर्व स्कार्पियो गाडी दुर्घटना हुँदा एक दम्पतिसहित चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृृत्यु हुने सबै तुलसीपुरका रहेका छन् । दुर्घटनामा तुलसीपुर–७ श्रीगैँ निवासी मोतिराम वलीको बुवा ८५ वर्षिय जय बहादुर वली र आमा ८३ वर्षिय धनमाया वली, तुलसीपुर–४ गोठीखोला निवासी ७५ वर्षिय परबीर खत्री र गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजि ३७ वर्षिय युवराज चापागाईको मृत्यु भएको हो ।

तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जिसीका अनुसार बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको तुलसीपुरमा दुर्घटनामा परेको हो ।

गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएको उहाँले बताउनुभयो । वडा अध्यक्ष जिसीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको हो । दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो ।

गाडीमा सवार सबै जना यात्रु तुलसीपुरकै रहेको बताइएको छ । गाडी पनि भारतीय नम्बर प्लेटको भएपनि तुलसीपुरकै रहेको खुलेको छ । स्थानीयका अनुसार तीब्र गतिमा रहेको गाडीले साइकललाई बचाउने क्रममा रुखमा गएर ठोकिएको हो । शब नेपाल ल्याउने तयारी भइरहेको आफन्तले बताएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस