२०८२ चैत्र १ गते आइतवार

रोल्पामा जिप दुर्घटना हुँदा ११ जना घाइते


रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आज सोमबार दिउँसो करिब ४ बजेतिर लिवाङबाट राङसी तर्फ जाँदै गरेको लु १ ज ४६३७ नंम्बरको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते हुनेमा रोल्पा नगरपालिका–२ का ३३ वर्षका फुलमाया वली,
सोही ठाँउका ३५ वर्षका नारायण डाँगी, रोल्पा नगरपालिका– ४ का ६७ वर्षका हरि कुमारी खत्री, रोल्पा नगरपालिका– ८ जगकोट बस्ने ३९ वर्षका चन्द राम पुन, सोही ठाँउका ३२ वर्षका बाल कुमार खत्री रहेका छन् ।

यस्तै रोल्पा नगरपालिका– २ रेउघा बस्ने ४२ वर्षका देव डाँगी, सोही ठाँउका ४ वर्षका प्रज्वल डाँगी, रोल्पा माडी गाउँपालिका– ५ भावाङ बस्ने ३२ वर्षका कल्पना केसी, सोही ठाँउका ८ वर्षका दिलासा केसी, रोल्पा नगरपालिका– २ बस्ने २ वर्षका हिमेश डाँगी र सोही ठाँउका ४ वर्षका मेलिना डाँगी रहेको रोल्पा प्रहरीले जनाएको छ । घाईतेहरुको रेउघा अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकदेखि करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक माडी गाउँपालिका–५ भावाङ बस्ने ४३ वर्षका भिमलाल डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस