सल्यान, २४ चैत । सल्यानमा १५ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई पक्राउ परेको छ ।
सल्यानको दार्मा गाउँपालिका ५१ वर्षीय पुरुष पक्राउ परेका हुन् । उनले पीडित किशोरीलाई शुक्रबार राति बलात्कारको प्रयास गरेको भन्ने निवेदनका आधारमा पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार पक्राउ परेका पुरुषलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
आज आइतबार सार्वजनिक बिदा भएका कारण भोली सोमबार मात्र अदालतमा उपस्थित गराइने बस्नेतले बताउनुभयो ।















