दाङ । फरार प्रतिवादी पक्राउ गर्न दाङ प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजि कार्यलाई तिब्र पारेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १५ दिनको अवधिमा प्रहरीले ३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मंसिर १ गतेदेखि सोमबार (आज)सम्म १५ दिनको अवधिमा ३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
पक्राउ परेका उनिहरुबाट ६ लाख ५ हजार ९०७ रुपैँया जरिवाना समेत असुल गरिएको छ । यस्तै उनीहरुलाई ९ वर्ष २ दिन कैद सजाय हुने डिएसपी शाहले बताउनुभयो ।















