२०८३ जेष्ठ २७ गते बुधवार

निर्वाचनका लागि दाङमा छ हजार बढी सुरक्षाकर्मी परिचालन

दाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङमा ६ हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरेर ६ हजार बढी सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले रेडियो हाम्रो पहुँचलाई बताउनुभयो ।

तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको हो । तीन वटै निर्वाचन क्षेत्रको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी जिल्लाभरी कुल ६ हजार ६२५ जना सुरक्षा कर्मचारी खटिने भएका हुन् ।

दाङमा माघ २१ गते बुधबारदेखि ६ सय ९ नेपाली सेना परिचालन गरिएको छ । नेपाली सेनाले जिल्लामा रहेका दुई वटा कारागार कार्यालय, विमानस्थल लगायतको सुरक्षा गर्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

यस्तै राष्ट्रिय अनुसन्धान विभागबाट २१ जना परिचालन गरिएको छ । निर्वाचनमा हुन सक्ने अवान्छित गतिविधिलाई सुक्ष्मरुपमा नियाल्नका लागि जिल्लामा राष्ट्रिय अनुसन्धान विभागका २१ जना कर्मचारी परिचालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीका अनुसार नेपाल प्रहरी १ हजार ३८१, सशस्त्र प्रहरीका ४६९ जना, नेपाली सेनाका ६०९ र ४ हजार १६५ निर्वाचन प्रहरी परिचालन गरिदै छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस