प्युठान । प्युठानमा चुनावी प्रचारमा रहेको पिक अप भ्यान दुर्घटनामा परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारमा रहेको पिक अप भ्यान आज शनिबार बिहान बाग्दुला नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर ४ जना घाइते भएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।














