२०८३ जेष्ठ २१ गते बिहिवार

‘हाम्रा कारणले पनि आगलागी भएको हुनसक्छ, कार्यशैली बदल्नुस् : प्रधान न्यायाधिश राउत

दाङ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायकर्मीहरूले सेवाप्रवाहलाई पनि परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ । गत भदौ २४ गते जेनजी अन्दोलनका क्रममा क्षति भएका न्यायालयको अनुगमनको क्रममा उच्च अदालत तुलसीपुरमा आउनुभएका प्रधानन्यायाधिश राउतले न्यायकर्मीको सेवामा भएको असन्तुष्टिको कारणले पनि आगलागी भएको हुन सक्ने बताउनुभयो ।

प्रधानन्यायाधीश राउतले सकभर सेवाग्राहीलाई दुःख नहोस्, सहज होस र अदालतप्रति भरोसा गर्न योग्य बनाउन न्यायकर्मी सच्चिन जरूरी रहेको बताउनुभयो । समयअनुरूप बदलिने प्रण गरेमा र निष्पक्ष न्याय सम्पादन गर्ने अठोट गरेमा अदालत कहिलै आगजनी नहुने उहाँको भनाई छ ।

उहाँले आन्दोलनका क्रममा देशभरका २३ वटा अदालतमा आगलागी भएको र ९ लाख फाइलहरु जलेको बताउनुभयो । उहाँले जलेका अदालतहरूका फाइलहरु जुटाउने प्रयासमा सबैको सहयोग रहेको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले उच्च अदालत तुलसीपुर प्रदेश राजधानी रहेको देउखुरी मौरीघाटमा स्थानान्तरण गर्ने भन्ने कुरा हालसम्म आफूलाई जानकारीमा नरहेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस