२०८३ जेष्ठ २१ गते बिहिवार

दाङमा छुट्टाछुट्टै ठाउँमा दुई जना मृत अवस्थामा फेला


दाङ । दाङको दुई छुट्टाछुट्टै ठाउँमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार हिजो शनिबार दिउँसो उनीहरू मृत अवस्थामा फेला परेका हुन् ।

बंगलाचुली गाउँपालिका–६ सिउडेस्थित जंगलमा सोही गाउँपालिका–६ अमारे बस्ने ७० वर्षीय बिष्णु पौडेल र राजपुर गाउँपालिका–७ भैसाही नाकामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस