२०८३ बैशाख १७ गते बिहिवार

हाम्रो पहुँचका शेयर सदस्य स्व.पुनमगरको परिवारलाई राहत प्रदान


दाङ । दाङको तुलसीपुर– ७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वर्गिय नोखी पुनमगरकोे परिवारलाई मृत्यु राहत कोष वाफतको रकम प्रदान गरेको छ ।

संस्थाले आज (बुधबार) तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटका मृतक पुनमगरकोे नाती समिर पुनमगरलाई मृत्यु राहत कोष वाफतको २० हजार रकम घरमै पुगेर हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले मृतक पुनमगरकोे परिवारलार्ई राहत कोष बाफतको रकम हस्तान्तरण गर्नुभएको हो । संस्थाको सदस्य बन्दा एक हजार रुपैयाँ जम्मा गर्ने नीति अनुसार राहत कोषमा रकम जम्मा हुने गरेको छ । सोही कोषको पैसा शेयर सदस्यको मृत्यु भएमा राहत स्वरुप उपलब्ध गराउने गरेको संस्थाका अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार राहत कोषमा आवद्ध भएपछि सदस्यलाई जटिल प्रकारका रोग लागेमा, प्राकृतिक विपत्तिबाट क्षति भएमा र स्वयंम सदस्यको मृत्यु भएपछि परिवारलाई राहत वितरण गर्ने गरेको छ । संस्थाले शेयर सदस्यहरुलाई जन्मदेखि मृत्यु संस्कारसम्मको सेवा प्रदान गदै आएको उहाँले बताउनुभयो ।

पुनमगरकोेे चैत्र ६ गते ७९ वर्षको उमेरमा मृत्यु भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष दुर्गा प्रसाद भण्डारी, प्रमुख कार्यकारी अधिकृत डीआर भण्डारी, वचत तथा ऋण विभागका विभागिय व्यबस्थापक रेखा शर्मा लगाएको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस