२०८३ जेष्ठ ३० गते शनिवार

स्टेसन म्यानेजर बसन्त पौडेललाई मातृ शोक


दाङ । रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजर बसन्त पौडेललाई मातृ शोक परेको छ । पौडेलको आमा गुमीकुमारी पौडेलको ७२ वर्षको उमेरमा बिहिवार साँझ निधन भएको हो ।

उहाँको जलनका कारण निधन भएको हो । उहाँ गत चैत्र ५ गते आगलागीमा परी गम्भिर घाइते हुनुभएको थियो । उपचारको लागि उहाँलाई राप्ती लाईफ केयर अस्पताल मोतिरपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठ्माण्डौको बर्न अस्पतालमा लगिएको थियो ।

काठमाण्डौमा उपचारपछि बुधबार राति मात्र घर ल्याएकोमा बिहिबार साँझ ८ बजेतिर मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

पौडेलको अन्त्यष्टी आजै तुलसीपुर–७ रानीघाट खोला(कालाखोला) मा गरिने पारिवारिक स्रोतले जनाएको छ । पौडेलको दुई भाइ छोरा र तीन बहिनी छोरी रहनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस