रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका वडा नं. १ स्थित रिखोला भन्ने स्थानमा झकेवाङबाट थवाङ बजार तर्फ जाँदै गरेको रा १ त ३८३४ नम्बरको पानी बोक्ने ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी २१ वर्षीय सामिल बिकको घटनास्थलमै मृत्यु भएको छ । शनिबार साँझ करिब साढे ६ बजेको समयमा ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
घटना लगत्तै प्रहरीको टोली घटनास्थलमा खटिएको बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।













