सल्यान । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा परेको छ । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी शनिबार साँझ ५ बजेतिर बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । बनगाड कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीका अनुसार दुर्घटनामा परी गाडीमा सवार १८ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रमुख बुढाथोकीले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो । तीन जनालाई जिल्ला अस्पताल सल्यानमा लगिएको छ भने १५ जनालाई सुर्खेतको मेहलकुना अस्पतालमा पठाएको प्रमुख बुढाथोकीले बताउनुभयो । थप विवरण आउन बाँकी रहेको छ ।













