२०८३ जेष्ठ १६ गते शनिवार

सल्यान दुर्घटना अपडेट : १८ जना घाइते, तीन जनाको अवस्था गम्भिर

सल्यान। सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।

बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कुल बहादुर पुरीका अनुसार दुर्घटनामा बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ८ थाराका अन्दाजी ६१ वर्षिय ठगे घर्ती, सोही ठाउँकै ५३ वर्षिय टोप बहादुर थापा र सोही वडाको अधेँरी निवासी गाडी धनि अन्दाजी ३४ वर्षिय कर्ण बहादुर पुन गम्भिर घाइते हुनुभएको छ ।

गम्भिर घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराइले रेडियो हाम्रो पहुँचलाई बताए अनुसार बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ज ०२७१ नम्बरको बोलेरो गाडी शनिबार साँझ ४ बजेतिर बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो ।

गाडी सडकबाट करिब ८४ मिटर तल खसेको छ । भौगोलिक विकटताका कारण करिब ४ घण्टापछि मात्रै सबैलाई उद्दार गरेर अस्पताल पठाएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक भट्टराईले तीन जनालाई जिल्ला अस्पताल सल्यानमा ल्याइएको र १५ जनालाई सुर्खेतको मेहलकुना अस्पतालमा पठाएको बताउनुभयो ।

वडा अध्यक्ष पुरीका अनुसार बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ थाराका मनबिर थापाले ढोग खुलाउन (माइती मान्न) शानिबार कालिमाटी गाउँपालिकाको लक्ष्मीपुर जान तीन वडा गाडी रिर्जव गर्नुभएको थियो । करिब १० वर्षअघि २०७२ सालमा बिहे गरेका मनबिरले शनिबार माइती मान्न (ढोग खुलाउन) जाने कार्यक्रम थियो ।

तीन वडा गाडीमध्ये एउटामा राँगा र एउटामा दुलाह–दुलही सवार थिए । एउटा गाडीमा १८ जना जन्ती सवार थिए । तर जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । दुलाहको घर थाराबाट छुटेको गाडी करिब आधा घण्टामै दुर्घटनामा परेको हो । घाइतेको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस