२०८२ जेष्ठ ८ गते बिहिवार

लागूऔषध सहित तीन जना पक्राउ

दाङ, २७ फागुन । दाङमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम (पूर्वी भाग) भुमे गाउँपालिका वडा नम्बर २ खवाङ निवासी ४४ वर्षका फर्क बहादुर घर्ती, सोही ठाउँ निवासी अन्दाजी ५३ वर्षका रूपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर शाहका अनुसार उनिहरुलाई आइतबार घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहबाट पक्राउ गरिएको हो ।

घोराही–होलेरी सडकखण्डमा लागूऔषध चरेशको कारोबारका लागि ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक कविराज रोकायको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका फर्क बहादुर घर्तीको साथबाट १५ किलो १२३ ग्राम लागू औषध चरेश जस्तो देखिने पदार्थ, रूपधनको साथबाट १४ किलो ५७ ग्राम लागू औषध जस्तो पदार्थ बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस