२०८२ साउन १ गते बिहिवार

समाज परिवर्तनका लागि युवाको सक्रिय भूमिका आवश्यक : वडा अध्यक्ष जिसी

दाङ । समाज परिवर्तनका लागि युवाको भूमिका सक्रिय हुनुपर्ने तुलसीपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो। आफ्नो गाउँ आफ्नै बनाउँ अभियान अन्तर्गत सामाजिक अभियन्ताहरूको अगुवाईमा वडाभित्रका  विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको सन्दर्भमा वडा अध्यक्ष जिसीले यस्तो बताउनुभएको हो। 

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेलको अगुवाईमा स्थानीयहरू मिलेर सडक वारपार गर्नका लागि विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

 अध्यक्ष जिसीले समाज परिवर्तनका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण रहने भन्दै  सक्रिय सहभागिताको प्रशंसा गर्नुभएको छ।

“युवाहरूले चाहे समाज परिवर्तनका लागि महत्वपूर्ण योगदान दिन सक्छन्,“ जिसीले भन्नुभयो। उहाँले ‘आफ्नो गाउँ आफैं बनाउँ’ अभियान अन्तर्गत जेब्रा क्रसिङ निर्माण कार्यमा सक्रिय अभियन्ता उपेन्द्र पौडेलको योगदानको कदर गर्दछु।“


पैदल यात्रीलाई सडक वारपार गर्ने निश्चित ठाउं नहुंदा जथाभावी बाटो काट्ने र सवारी दुर्घटनाको जोखिम बढेको भन्दै अफ्नै पहलमा जेब्रा क्रसिङ निर्माणको काम सुरु गरिएको पौडेलले बताउनुभयो।

सो अभियानमा पौडेलसहित स्थानीय प्रेमप्रसाद खनाल, बुद्धिराम भुसाल, सरिता पौडेल, जगत थापासहित स्थानीयहरूको सहभागिता रहेको थियो। सामाजिक कार्यमा पौडेलको सक्रियताले यसैगरी युवा जागे परिवर्तनका लागि अरूको मुख ताक्नु नपर्ने स्थानीयको बुझाइ छ। 

गत साताबाटा सुरु भएको अभियानमा वडाभित्र रहेको बम्नै, बोकटी, प्रसेनी लगायतका विभिन्न १० स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको अभियन्ता पौडेलले बताउनुभयो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस