
सरकारले वैशाख महिनालाई खोप महिना घोषण गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने घोषण गरेको हो ।
सरकारले विभिन्न रोगको सङ्क्रमणबाट बचाउन बच्चा जन्मेदेखि १५ महिनासम्मका राष्ट्रिय खोप तालिका बनाएर खोप दिँदै आएको छ । बच्चा जन्मेदेखि १५ महिनासम्म सात पटक गरी १३ वटा रोगविरुद्धको खोप दिँदै आएको छ ।
जन्मेदेखि १५ महिना उमेरका बालबालिकालाई नियमित खोपमा दिनुपर्ने खोपमध्ये कुनै खोप छुटेको भए छुट खोप लगाउन बालरोग विशेषज्ञ डा.कल्पना उपाध्याय सुबेदीले अनुरोध गर्नुभएको छ ।
जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन् तबसम्म कोही पनि बालबाकिला सुरक्षित नहुने हुँदा छरछिमेकीमा खोप लगाउन छुटेका बालबालिका खोप लगाउन समन्वय गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।