२०८२ जेष्ठ ८ गते बिहिवार

तुलसीपुरका विभिन्न क्षेत्रमा चार दिन विद्युत अबरुद्ध हुने

तुलसीपुर । तुलसीपुरका विभिन्न क्षेत्रमा चार दिन विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा आज १६ गतेदेखि १९ गतेसम्म विभिन्न समयमा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

फिडर वरिपरीका रुखका हाँगाबिगा काट्नुपर्ने तथा फिडरहरु मर्मत गर्नुपर्ने भएकोले वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने विभिन्न क्षेत्रमा विद्युत् अबरुद्ध हुने प्राधिकरण जारी गरेको सूचनामा उल्लेख छ ।

वैशाख १६ गते हापुरे सबस्टेसन पुरन्धारा फिडर अन्तर्गत पर्ने हापुरे बजार, बगाले, कालिमाटी, हंसपुर, गगंटे लगायतका आंशिक तथा सम्पूर्ण क्षेत्रहरु, तुलसीपुर सबस्टेसन, एयरपोर्ट फिडर अन्तर्गत पर्ने ग लाईन, सेन्टर मावि चोक, टरिगाँउ लगायतका आंशिक तथा सम्पूर्ण क्षेत्रहरुमा विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले जानकारी दिनुभयो ।

वैशाख १७ गते तुलसीपुर सबस्टेसन, मानपुर बिजौरी फिडर अन्तर्गत पर्ने पर्सेनी, मानपुर, बिजौरी, भोजपुर, लहलौरा, धम्कापुर, अश्वारा सबस्टेसन भमके फिडर अन्तर्गतका अश्वारा लगायतका आंशिक तथा सम्पूर्ण क्षेत्रहरुमा विद्युत अबरुद्ध हुने सूचनामा उल्लेख छ ।

यस्तै वैशाख १८ गते तुलसीपुर सबस्टेसन अन्तर्गतको कपुरकोट फिडरका रानागाँउ, हरियाबास, नाउला, अम्बास, टुनापानी, हापुरे सबस्टेसन पन्चकुले फिडरका पन्चकुले, चरकमटीया, तल्लो मलई, जलजला लगायतका आंशिक तथा सम्पूर्ण क्षेत्रहरुमा विद्युत अबरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

यस्तै वैशाख १९ गते शुक्रबार अश्वारा सबस्टेसन बालापुर फिडर अन्तर्गतका बालापुर, बैबाङ, सलौरा, सुकौरा फिडर अन्तर्गतका बेलुवा, कृष्ण मन्दिर, सुकौरा लगायतका आंशिक तथा सम्पूर्ण क्षेत्रहरुमा विद्युत अबरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म बिद्युत आपूर्ति बन्द रहने वितरण केन्द्रका प्रमुख महतोले जानकारी दिनुभयो ।

यसले गर्दा स्थानीय बासिन्दालाई असुविधा हुने भएकाले वैकल्पिक व्यवस्था गर्न प्राधिकरणले अनुरोध गरेको छ । साथै कार्य समयभन्दा अगाडी नै विद्युत् मर्मतको काम सम्पन्न भएमा विद्युत् आपूर्ति यथासक्य चाँडो सुचारु गरिने प्रमुख महतोले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस