२०८२ फाल्गुन २९ गते शुक्रवार

वडाले दियो अपाङ्गता भएका ब्यक्तीलाई बाख्रा

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १२ ले अपाङ्गता भएका व्यक्तीलाई बाख्रा वितरण गरेको छ । वडाले एक कार्यक्रमको आयोजना गरी अपाङगता भएका व्यक्तीहरुलाई बोयर बाख्रा उपलब्ध गराएको हो ।

वडाको बजेटले अपाङ्गता भएका ब्यक्तीहरुलाई स्वरोजगार बनाउन बाख्रा वितरण गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ८ जनालाई यसरी बाख्रा वितरण गरिएको हो ।

वडामा ५० जना भन्दा बढि अपाङ्गता भएका ब्यक्ती भएको भन्दै अपाङ्गता भएका ब्यक्तीहरुको क्षमता अनुसार अन्य सहयोग पनि गर्ने वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

अपाङ्गता भएका ब्यक्तीहरुले नै यस वर्ष ८ जनालाई छनोट गरेको भन्दै त्यही अनुसार आयआर्जनकालागि बाख्रा वितरण गरेको उहाँको भनाई छ । गएको बर्ष एकल महिलाहरुलाई बाख्रा वितरण गरेको समेत वडाध्यक्ष चौधरीले बताउनुभयो ।

वडा स्तरीय अपाङ्ग संस्था संघका अध्यक्ष उमेस चौधरीले अपाङ्गता भएका ब्यक्तीहरुलाई ब्यबसायमा जोड्ने गरि वाख्रा वितरण गरेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

वडा सदस्य धनराज गौतमको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिब गणेश कुमार आचार्यले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस