२०८२ कार्तिक ३० गते आइतवार

मानपुर गौरीडाँडा खानेपानीको साधारणसभा


दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५, १६ र १७ मा सेवा प्रवाह गर्दै आएको मानपुर गौरीडाँडा खानपानी उपभोक्ता तथा सरसफाई समितिले शनिबार दोस्रो साधारणसभा गरेको छ ।

संस्थाका अध्यक्ष भुपबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि चौधरीले निःशुल्क खानेपानीको ब्यबस्था गर्नुपर्ने बताउनुभयो ।

त्यस अबसरमा खानेपानीको नवनिर्मित भवन समेत संस्थालाई हस्तान्तरण गरिएको थियो । जिल्ला खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयले सोही अवसरमा भवन तथा नवनिर्मित धारा कार्यालयलाई हस्तान्तरण गरेको हो ।

सोही खानेपानीले ४२० धाराबाट तीन हजार बढिलाई खानेपानी सेवा पुर्‍याउँदै आएको सचिब मिनराज वलीले बताउनुभयो । गौरीडाँडाको एउटा ओभरहेड ट्याङ्की र डिपबोरिङ तथा लालपुरको डिपवोरिङले त्यहाँ खानेपानी आपूर्ति भइरहेको उहाँको भनाई छ । सोहीबाट ६ सय १४ घरधुरीलाई पानी दिन सकिने भएपनि बाँकी घरहरुमा धारा जडान गर्न नसकिएको उहाँले बताउनुभयो ।

तर, निकट भबिष्यमै ति घरहरुमा धारा जडान गरिने समेत उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । हाल खानेपानी सुद्धताका लागि डोजिङ मेसिन समेत जडान गरिएको छ । साधारणसभाले आर्थिक तथा सांगठनिक प्रतिवेदन पारीत गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस