२०८२ मङ्सिर २७ गते शनिवार

गणतन्त्र दिवसको अवसरमा तुलसीपुरमा दिप प्रज्वलन


दाङ। गणतन्त्र दिवस २०८२ को अवसरमा तुलसीपुर उपमहानगरपालिकाले बिहिवार साँझ दिप प्रज्वलन गरेर हर्षोल्लास मनाएको छ ।

कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले नेपालमा गणतन्त्र स्थापना हुनु नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको परिणाम भएको बताउनुभयो । उहाँले जनताले शासन गर्ने प्रणालीको रुपमा गणतन्त्रको स्थापनालाई ऐतिहासिक उपलब्धिका रूपमा लिएको बताउनुभयो ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनलाई सम्झनायोग्य बनाउन जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित पालिका प्राङगनमा दिप प्रज्वलन गरेर कार्यक्रम गरिएको हो ।

उपप्रमुख स्यानी चौधरीले गणतन्त्र संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय शासनलाई प्रभावकारी बनाउन सुशासन, आधुनिक प्रविधिको प्रयोग, नैतिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन र उत्तरदायी नेतृत्वको खाँचो रहेको बताउनुभयो। कार्यक्रमको सहजिकरण नगर प्रबक्ता माधव वलीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस