दाङ । पछिल्लो समयकी व्यस्त गायिका अनु चौधरीको स्वरमा रहेको डान्सिङ नम्बर गीत ‘बाबुजी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उत्तम भण्डारीको शब्द एवं संगीत तथा बावुल गिरीको एरेञ्ज/ मिक्सिङ/माष्टरिङ रहेको छ ।
उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।
विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, गीत सार्वजनिक कार्यक्रम बोल्दै मोडल आराध्यालक्ष्मीले भन्नुभयो। आराध्यालक्ष्मीले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड पनि नाम राख्नुभएको छ । उहाँले गीत प्लेनभित्र विमोचन र प्यारागलाइडिङमा बाट विश्व कीर्तिमान कायम गर्नुभएको छ ।















