२०८२ फाल्गुन २९ गते शुक्रवार

मुना इङ्लिस बोर्डिङ स्कुलद्वारा निःशुल्क योग विज्ञान शिविर सञ्चालन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका– १५ मलुवारमा सात दिवसीय निःशुल्क योग विज्ञान शिविर सञ्चालन भएको छ । मुना इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा त्रिशिद्धेश्वरी साधना केन्द्रको समन्वयमा शिविर सञ्चालन भएको हो ।

प्रशिक्षक दुर्गाप्रसाद भण्डारीले योगले मानिसको शरीर र मनलाई जोड्ने भएको कारणले गर्दा पनि विद्यार्थीहरूले योग सिक्दा अझै प्रभावकारी हुने बताउनुभयो । उहाँले अहिले पछिल्लो समय मानिसहरु रोगी भइराखेको कारणले योग गर्दा मानिस स्वस्थ फुर्तिलो र तन्दुरुस्त हुने कुरामा जोड दिनुभयो । प्रशिक्षक यमराज सेजुवालले मुना इङ्लिस बोर्डिङ स्कुलमा योगा सिक्नेको सङ्ख्या उल्लेख्य मात्रामा भएकोमा खुशी व्यक्त गर्नुभयो ।

तुलसीपुर १४ भोजपुरका शिव रेग्मीले योग सिक्न लागेपछि सुरुका दिनहरूमा अलि असजिलो भएको जिउ दुखेको महसुस भएपनि अहिले शरीर फुर्तिलो हुँदै गएको र आफू निरोगी हुँदैछु भन्ने खालको महसुस भएको बताउनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक नारायण बस्नेतले योगाले शरीर मन र इन्द्रियलाई एकाग्र बनाउने भन्दै अभिभावक र विद्यार्थीहरूबाट योग शिविर सञ्चालन गर्न माग भएपछि योग शिविर सञ्चालन गरिएको बताउनुभयो । यसलाई निरन्तरता दिने कोसिस भइराखेको पनि उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक निर्मल आचार्यले योगले आनन्दपूर्वक जीवन बिताउने कला सिकाउने र सबैको लागि आवश्यक भएकाले यसलाई विशेष जोड दिएर विद्यालयले सञ्चालन गरेको बताउनुभयो । योग शिविरमा करिब १५० जनाको सहभागिता हुनेगरेको विद्यालयका कार्यक्रम संयोजक जीवन केसीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस