२०८२ माघ २५ गते आइतवार

मुलकोटबासीले गरे चमेरे गुफाको सरसफाई

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल चमेरे गुफाको मुलकोटवासीले सरसफाइ गरेका छन् । गुफाको सिँढी तथा वरिपरिका झाडीहरू सरसफाइ गरेको मुलकोट रेडियो स्रोता क्लबका अध्यक्ष समीक्षा पुनले बताउनुभयो ।

रेडियो स्रोता क्लब, मुलकोट टोल विकास संस्था र महाकाल युवा समूहको संयुक्त आयोजनामा सरसफाइ गरिएको हो । गुफाको सौन्दर्यताको लागि सरसफाइ गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

पर्यटकहरुलाई आकर्षण गर्नको लागी विभिन्न समयमा सरसफाइ गर्ने गरको मुलकोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनले बताउनुभयो । पछिल्लो समय गुफा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो क्रममा रहेको पुनले जानकारी दिनुभयो ।

चमेरे गुफा प्राकृतिक रूपमा बनेको प्रसिद्ध गुफा हो । गुफाको भित्रपट्टि चमेरा बस्ने भएकाले यसको नाम चमेरे गुफा रहन गएको मानिन्छ । पर्यटकलाई अझ आकर्षित गर्नका लागि आगामी दिनमा गुफा परिसरमा ११ फिट अग्लो शिव मूर्ति निर्माण गर्ने योजना रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो । मूर्ति निर्माणका लागि मुलकोटवासीहरूले आर्थिक संकलन समेत सुरु गरिसकेको उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस