२०८२ मङ्सिर २७ गते शनिवार

चट्याङ पीडित परिवारलाई समाजसेवी पौडेलको नेतृत्वमा आर्थिक सहयोग

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ घुसुरीका चट्याङबाट पीडित किसान सागर पौडेलको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा ‘म सफा गर्छु, मेरो देश अभियान’ सहित अभियन्ता रबिन ज्ञवाली, मेघराज केसी, भूपबहादुर भण्डारीलगायतको सहभागितामा पौडेल परिवारलाई नगद नौं हजार एकसय रुपैयाँ सहयोग गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका–७ घुसेरी निवासी पौडेलको गोठमा असार २ गते चट्याङ लागेर आगलागी हुँदा गोठमा बाँधिएका २ वटा भैंसी, ३ वटा खसी, १ वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेका थिए ।

यस्तै घटनामा घाइते भएको अर्को एक गाभिनो भैँसी पनि मरेको छ भने गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

चट्याङबाट पीडित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको समाजसेवी पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा अभियन्ताहरूले विपद् पीडितलाई साथ र सहयोग आवश्यक हुने भन्दै यस्ता कार्यले सामाजिक एकता र सहकार्यलाई बलियो बनाउने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस