२०८२ असार २४ गते मङ्गलवार

पतञ्जली मुना साधना केन्द्रले मनायो अन्तर्राष्ट्रिय योग दिवस

दाङ । आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ नाराका साथ दिवस मनाइएको हो ।

पतञ्जली मुना साधना केन्द्र र तुलसीपुर उपमहानगरपालिका– १५ मलवारमा रहेको मुना इंग्लिश बोर्डिङ स्कुलको संयुक्त आयोजनामा योग दिवस मनाइएको हो ।

पतञ्जली मुना योग साधना केन्द्रका अध्यक्ष रिता कुमारी न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–१५ का वडा अध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

वडा अध्यक्ष चौधरीले योगले मानिसको शरीर मन र इन्द्रियहरूलाई मिलाउने भएकाले यसको महत्व दिन प्रतिदिन बढिरहेको बताउनुभयो । योगले मानिसलाई आनन्दपूर्वक जीवन बिताउन सिकाउने उहाँको भनाई छ ।

कार्यक्रममा समाजसेवी राममण्ीा शर्मा, स्वास्थ्यकर्मी बेलाराम भण्डारी, योग समिति जिल्ला सदस्य टेक प्रकाश केसी, ईप्रका मलवारका भीमबहादुर सुनार, मुना इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक निर्मल आचार्य लगायतकाले योगले आजको व्यस्त मानव समाजलाई मानसिक शीतलता प्रदान गर्ने कुरामा जोड दिएका थिए ।

योग साधना केन्द्रका सचिव रिखीराम बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएकोे सहजीकरण पतञ्जली मुनायोग साधना केन्द्रका महासचिव शिव रेग्मीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस