तुलसीपुर । दाङको तुलसीपुरमा चार दिने सरफ बनाउने तालिम सुरु भएको छ । मातृभूमि सामुदायिक सिकाई केन्द्रले महिलाहरूलाई उद्यमशील बनाउने उद्देश्यसहित तुलसीपुर उपमहानगरपालिका–७ सिमरागाउँमा चार दिने ‘सरफ बनाउने तालिम’ सुरु गरेको हो । तालिमको आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।
मातृभूमि सामुदायिक सिकाई केन्द्रका अध्यक्ष निमकान्त आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष राम बहादुर सिजीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

प्रमुख अतिथि जिसीले महिलाहरूलाई आर्थिक समृद्धिमा जोड्न उद्यमशीलतालाई ध्यानमा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले आगामी वर्ष महिला लक्षित कार्यक्रम अन्तर्गत यस्ता तालिमलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार नारायणकुमार आचार्य, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो । ।
संस्थाका सदस्य सरिता कुमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव तारा कुमारी ओलीले गर्नुभएको हो ।
तलिमको प्रशिक्षकमा टिकाकुमारी गौतम पौडेल रहनुभएको छ । तालिममा ३० जना महिलाहरूको सहभागिता रहेको छ ।













