२०८२ फाल्गुन २९ गते शुक्रवार

जटिल रोगको उपचारमा बीमितलाई थप एक लाख राहत दिने

दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लाग्नुभएको हो ।

निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन् ।

स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्नुभएको हो । मन्त्रालयको निर्देशन पछि स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यो विषय निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा जुटेको छ ।

स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ को उपनियम अनुसार कडा रोग लागेका व्यक्तिलाई थप एक लाख रुपैयाँ दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन बोर्डलाई निर्देशन दिनुभएको छ ।

जटिल प्रकृतिका रोग लागेका व्यक्त्‌ितले बीमा गरेमा दुइ लाखसम्मको सेवा पाउनेछन् । विपन्न कार्यत्रम अन्तगत थप एक लाख पाउने कार्यत्रम यथावत नै रहनेछ ।

मन्त्रालयको निर्देशन पछि स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यो विषय निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा जुटेको छ । मन्त्री पौडेलले स्वास्थ्य बीमामा आकर्षण बढाउन तथा दिगोपनाका आधारमा बीमा थैली लागु गराउन समेत तयारी गरेको सचिवालयले जनाएको छ ।

तर, यस्ता थैलीहरू बनाउँदा बीमा कोष दुरुपयोग हुन नदिन सजगताका लागि समेत मन्त्रालयले स्वास्थ्य बीमा कोषलाई निर्देशन जारी गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस