२०८२ माघ ५ गते सोमवार

श्री गणेश टोल विकास संस्थाद्वारा दाताहरुलाई सम्मान

दाङ, १३ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित श्री गणेश टोल विकास संस्थाले आर्थिक तथा भौतिक सहयोग गर्ने दाताहरुलाई शनिबार सम्मान गरेको छ ।

टोल विकास संस्थाका अध्यक्ष भोपाल भण्डारीको अध्यक्षता तथा वडा नम्बर ६ का निवर्तमान अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा टोलले संस्थाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने दाताहरुलाई दोसल्ला, अबिर, माला र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

सुधा बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण टोलका सहसचिव किरण विश्वकर्मा गर्नुभएको हो ।

सम्मानित हुनेहरूमा केशव भुसाल र उहाँको श्रीमती प्रकृती शाह भुसाल, नारायणप्रसाद अर्जेल र श्रीमती लक्ष्मी अर्जेल, हिरालाल भण्डारी र श्रीमती कमला भण्डारी, शालिकराम भण्डारी र श्रीमती धर्मा देवी भण्डारी रहेका छन् ।

निवर्तमान वडाअध्यक्ष लामिछानेले समुदायको समृद्धि र विकासमा योगदान दिने व्यक्तिहरुलाई यथोचित सम्मान गर्न सक्नु सिंगो समाजको दायित्व रहेको भन्दै यस्ता कार्यक्रमले अरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

श्री गणेश टोल विकास संस्थाले पछिल्ला वर्षहरूमा सरसफाई र सामाजिक सेवा क्षेत्रमा विभिन्न काम गर्दै आएको छ । टोल विकास संस्था आगामी दिनमा थप योजनासहित अघि बढ्ने स्थानीय अगुवा हेमराज भुषालले जानकारी दिनुभयो ॥

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस