
चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
बुधबार बिहान ’म त नराउरी’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो ।
यो गीत ’पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो ।
तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ ।
विष्णुको यस वर्षको तीज गीतमा पनि उहाँका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । भिडिओमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन् ।
त्यस्तै, कोरियोग्राफी मौसम हिमालीले गरेका छन् । छायांकन शम्भु चालिसेको छ भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।