दाङ । दाङमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । राप्ती गाँउपालिका–५ लठहवाका २० वर्षका रञ्जित डाँगी र घोराही उपमहानगरपालिका–१२ सर्राका २३ वर्षका सन्दिप पाहाडीलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
उनिहरुलाई पुस १९ गते राति सवा २ बजेतिर लमही नगरपालिका–५ बसपार्कमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा वडा प्रहरी कार्यालय लमही बाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।
उनिहरुको साथबाट लागु औषध ट्रामाडोल ४२ फाइलमा ३७३ पिस क्याप्सुल बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















