दाङ । रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल सम्मानित हुनुभएको छ । चलचित्र पत्रकार संघ दाङ शाखाको छैठौं अधिबेशनका अवसरमा पौडेल सम्मानित हुनुभएको हो ।
पौडेल विगत ढेड दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनुभएको छ । पौडेललाई विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहदै दाङ जिल्लाको कला, साहित्य एवं पत्रकारिता क्षेत्रमा क्रियाशिल रही मोफसलको चलचित्र पत्रकारितालाई संरक्षण, संबद्र्धन र विकासका लागि योगदान पुर्याएको भन्दै सम्मान गरिएको संघका अध्यक्ष सन्तोष केसीले बताउनुभयो ।
पौडेललाई पूर्व राष्ट्रियसभा सदस्य तथा कलाकार कोमल वली, चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समिर बलामीलगायत अतिथिहरुले सम्मान गर्नुभएको हो । सो अवसरमा पत्रकार बसुन्धरा गौतम, सुधासुमन ढकाल, लिलाधर वली, दिपक बोहोरा सम्मानित हुनुभएको छ ।


















