२०८२ चैत्र १४ गते शनिवार

बिएन फुड प्रोडक्सनले बजारमा ल्यायो कुकिज

दाङ । बिएन फुड प्रोडक्सनले नयाँ उत्पादन बजारमा ल्याएको छ । घोराहीमा बिगत १२ वर्षदेखि उत्पादन गरिरहेको कम्पनीले नयाँ उत्पादन कुकिज बजारमा ल्याएको हो ।

घोराही उपमहानगरपालिका–१७ भैँसाहीमा उद्योग स्थापना गरेर केक, बिस्कुट लगायतका उत्पादन बजारमा ल्याइसकेको कम्पनीले पछिल्लो पटक नयाँ उत्पादन कुकीज बजारमा ल्याएको हो ।

कम्पनीले १२ औँ स्थापना दिवसको अवसर पारेर शनिबार नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीका महानिर्देशक नरेश कुमार श्रेष्ठले ग्राहकको माग बमोजिम नयाँ उत्पादन बजारमा ल्याएको बताउनुभयो । कम्पनीले कोशेली ब्राण्डको नयाँ कुकिज बजारमा ल्याएको छ ।

उहाँका अनुसार उपभोक्ताको माग बमोजिम थप उत्पादन बजारमा ल्याउने तयारी गरिएको छ । उपभोक्तालाई गुणस्तरिय र स्वादिष्ट उत्पादन दिनका लागि बिएन फुड प्रोडक्सले नयाँ–नयाँ ब्राण्डहरु बजारमा ल्याउने गरेको महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

कम्पनीले अहिलेसम्म विभिन्न सात प्रकारका कुकिज बजारमा ल्याइसकेको छ । तर उत्पादनको गुणस्तर मापन गर्ने नेपालमा नहुँदा समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार उत्पादनको गुणस्तरको लागि ल्याब टेष्ट गर्न भारतमा पुग्नुपर्ने बाध्यता रहेको रहेको छ ।

बिएन फुड प्रोडक्सले नेपालकै मैदान, तेल, चिनी प्रयोग गरेर उत्पादन बजारमा ल्याएको छ । महानिर्देशक श्रेष्ठका अनुसार केहि कच्चापदार्थमात्रै विदेशबाट ल्याउनुपर्ने बाध्यता छ । कम्पनीले गरेका उत्पादनहरु अहिले साविक राप्तीका दाङसहित सल्यान, रोल्पा, प्युठान, रुकुमसहित बर्दिया, सुर्खेत र काठमाडौँमा उपलब्ध रहेको उहाँले बताउनुभयो । कम्पनीले अहिले ४० जनालाई रोजगारीसमेत प्रदान गरेको छ ।

शनिबार दाङ फन भ्याली नारायणपुरमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले ल्याएका नयाँ उत्पादन सार्वजनिक गरिएको हो । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले कम्पनीले उपभोक्तालाई सन्तुष्टी दिनेमात्रै नभएर रोजगारी समेत दिएको बताउनुभयो । उहाँले उत्पादनको बजारीकरण र व्यवसायीको सुरक्षा भएमा उद्योगमा व्यवसायीले लगानी बढाउँदै लैजाने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिपुल पोखरेलले व्यवसायीले ढुक्कले लगानी गर्न पाउने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । कम्पनिले कर्मचारी सुरेन्द्र गौतम, दिवा बुढामगर, अन्जना चौधरी, नन्द किशोर र निराजन चौधरीलाई प्रमाणपत्रले सम्मान गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस