२०८३ जेष्ठ ४ गते सोमवार

हाम्रो पहुँच सहकारीका सदस्यलाई सहकारी शिक्षा तालिम प्रदान


दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई आधारभूत सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको सहकारीले आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा सम्बन्धि तालिम प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीका शेयर सदस्यलाई सहकारी शिक्षा तालिम प्रदान गर्नुभएको हो । उहाँले शेयर सदस्य सहकारीमा आवद्ध भएरमात्रै नहुने भन्दै सहकारी सम्बन्धि ज्ञानको आवश्यकता पनि आवश्यक भएकाले हाम्रो पहुँचले शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको बताउनुभयो ।

संस्थाले सदस्यलाई सहकारी सम्बन्धि सचेतना दिन प्रत्येक महिनाको अन्तीम शनिबार सहकारी शिक्षा तालिम प्रदान गर्ने गरेको बताउनुभयो । तालिममा सहकारीको अवधारणा, यसको अर्थ, महत्व, बचत कसरी गर्ने लगायतका विषयमा सदस्यलाई जानकारी गराइएको हो ।

संस्थाका तालिम सूचना तथा अध्ययन उपसमितिका सदस्य भौनाराम चौधरीको अध्यक्षतामा भएको तालिमको सहजीकरण बचत तथा ऋण विभागका विभागिय व्यवस्थापक रेखा शर्माले गर्नुभएको हो ।

सहकारीमा अहिले ५ हजार बढी शेयर सदस्य आवद्ध रहेका छन् भने १ सय १२ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस