२०८३ जेष्ठ २७ गते बुधवार

ब्लड क्यान्सर पीडित २२ वर्षीय संदीपको उपचारका लागि सहयोगको अपिल


तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ गिधनियाका २२ वर्षीय संदीप चौधरी विगत एक महिनादेखि ब्लड क्यान्सर रोगसंग लडिरहनुभएको छ ।

क्यान्सर रोग उचारका लागि खर्च धेरै लाग्ने भएकाले आर्थिक सहयोग गरिदिन पारिवारले सबैसँग अपिल गरेको छ । परिवारका अनुसार एक महिनाअघि मात्रै संदीपलाई ब्लड क्यान्सर भएको पत्ता लागेको हो ।

सुरुमा उहाँलाई उपचारका लागि तुलसीपुरमा रहेको सिटी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालमा रिफर गरिएको परिवारले जनाएको छ ।

क्यान्सर पिडित संदीपको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कामजोर भएकाले अपरेशन, औषधि तथा अन्य उपचार खर्च व्यवस्थापन गर्न नसकेको परिवारले जनाएको छ ।

संदीपको जीवन बचाउन सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । सहयोग गर्न इच्छुक व्यक्तिले अमृता चौधरीको ग्लोबल आइएमई बैंक लिमिटेडको खाता नम्बर ०५७०७०१०१९१७२२ मा रकम जम्मा गर्न सकिनेछ ।

थप जानकारीका लागि ९७४६४१५१०० मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस